|

विराटनगर : बाढी र डुबानले अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालन भएको छ। एक सातादेखि बन्द रहेको विमानस्थलबाट शनिबार ५ उडान भएको छ।

शनिबार सौर्य एयरलाइन्सले २ र यती एयरलाइन्सले ३ वटा उडान भरेका हुन्। नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले आइतबारदेखि बुद्ध एयरले पनि उडान सुरु गर्ने र नेपाल एयरलाइन्सले सोमबारदेखि उडान भर्न सुरु गर्ने जानकारी दिए।

सिंहका अनुसार विमानस्थल पहिलेकै अवस्थामा आउन भने अझै १ महिना भन्दा बढी लाग्नसक्नेछ। ‘पहिलेकै अवस्थामा आउन त अझै निक्कै समय लाग्छ,’ सिंहले भने, ‘धावनमार्ग तयार भए पनि पूर्णरुपमा अझै हिलो र सरसफाइ भइसकेको छैन।’

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणको मर्मत र परीक्षण गर्न पनि बाँकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन नसक्ने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.