|

काठमाडौं : नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। कार्यक्रममा पत्रकार महासंघले १ लाख राशीको कृष्णप्रसाद पुरस्कार पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरेको छ।

पुरस्कार रकम प्रधानमन्त्री शेरबहादुर देउवाले पाण्डेलाई हस्तान्तरण गरे। पुरस्कार ग्रहण गर्दै पत्रकार पाण्डेले पुरस्कार रकमको केही राशी बाढी पीडितलाई सहयोग गर्ने बताएका छन्। 'म यो रकम किसुनजीको तर्फबाट अलिकति रकम बाढी पीडित रकम सहयोग गर्न चाहन्छु' उनले भने 'म यो रकम आदरणीय प्रधानमन्त्रीजीको राहत कोषमा दिन चाहन्छु। प्रधानमन्त्रीजीले धेरै पत्रकारलाई सहयोग गर्नुभयो। तपाईलाई पनि याद होस् एउटा पत्रकारले पनि राहत कोषमा सहयोग गरेको छ भनेर।'

पत्रकार पाण्डेले आगामी दिनमा कृष्णप्रसाद भट्टराईको गरिमा बढ्ने गरी पुरस्कार प्रदान गर्न पत्रकार महासंघलाई सुझाव दिए। त्यस्तै गोविन्द वियोगी पत्रकारिता पुरस्कार भैरव रिसाललाई प्रदान गरिएको छ। कृष्णसेन स्मृति पुरस्कार कोमल बराललाई प्रदान गरिएको छ। त्यस्तै उमासिंह राष्ट्रिय पुरस्कार सीमासिंह शर्मालाई दिइएको छ। गौरी कठायत स्मृति पुरस्कार पुष्कर थापालाई मरणोपरान्त प्रदान गरिएको छ।

प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट पत्रकार महासंघले हर्ष सुब्बा (सुनसरी), कन्हैयालाल केशरी (पर्सा), अशोक रौनियार (धनुषा), बसन्त पोखरेल (रुपन्देही), मुक्तिनाथ खनाल (तनहुँ), रामगोपाल वैष्य (बाँके), राजन कार्की (काठमाडौं), कृष्ण आचार्य (खोटाङ), करुणाकर पाण्डे (कैलाली), ल्याकत अलि (बाँके), ऋतुवर्ण पराजुली (मोरङ), रामबहादुर केसी (सिन्धुपाल्चोक) सम्मानित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.