|

काठमाडौं : ऊर्जा मन्त्रालयले ५ हजार ४ सय ८१ मेगावाट बराबरका ४३ आयोजनाहरुलाई तत्काल प्रगति प्रतिवेदन बुझाउन ताकेता गरेको छ। ६ वर्वदेखि उत्पादन अनुमति पत्रका लागि आवेदन दिएका ती आयोजनाहरुलाई मन्त्रालयको विद्युत् विकास विभागले ३५ दिनभित्र सबै विवरण बुझाउन ताकेता गरेको हो।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काम नगर्ने जलविद्युत् प्रवर्द्धकहरुको लाइसेन्स खारेज गर्न निर्देशन दिएलगत्तै विभागले लाइसेन्स ओगटेर बसेका ती आयोजनाका प्रवर्द्धकहरुलाई सार्वजनिक सूचना जारी गर्दै कडाइको संकेत गरेको हो। आयोजना निर्माण प्रक्रिया अघि नबढाए लाइसेन्स नै रद्द गर्ने प्रक्रिया अघि बढाउन लागिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नवीनराज सिंहले २०६८ सालदेखि उत्पादन लाइसेन्सका लागि आवेदन दिएर कुनै काम नगरी बसेका आयोजनालाई सार्वजनिक सूचना प्रकाशित गरेर ३५ दिनभित्र प्रगति बुझाउन र त्यो अवधिभित्र नबुझाएमा रद्द गर्ने जानकारी दिन लागिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.