संविधान संशोधन पारित हुनैपर्ने अडान

|

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालले सीमा क्षेत्रमा भारतले बनाएका बाँधले नेपालको भूमि डुबानमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा यस विषयमा छलफल गर्न माग गरेको छ। 

सोमबार संसदको विशेष समयमा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीसँग डुवानको विषयमा छलफल गरी स्थायी समाधान गर्न माग समेत गरेका हुन्। उनले बाढीका कारण मधेसका धेरै पूर्वाधारमा क्षति पुर्‍याएको भन्दै त्यसको पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउन समेत सरकासँग माग गरे।

यस्तै विपद व्यवस्थापनको लागि तुरुन्त ऐन ल्याउन र भारतले सीमा क्षेत्रमा बनाएको बाँधबाट क्षति पुगेकाले त्यसको स्थायी समाधानका लागि आवश्यक नीति अख्तियार गर्न समेत राजपाले माग गरेका छ्न्।

राजपाले संविधान संशोधनको पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ। यादवले संविधान संशोधन नेपालको सार्वभौमिकतासँग जोडिएको र संविधान कार्यान्वयनका लागि अपरिहार्य रहेको भन्दै संविधान संशोधनको पक्षमा मतदान गर्न माग गरेका हुन्।

'संविधान संशोधन भएन भने संविधान कार्यान्वयन हुन सक्दैन हामी संविधान संशोधन भएमात्रै निर्वाचनमा जान्छौ त्यसैले यो नेपालको राजनीतिको लागि समेत आवश्यक कुरा हो,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.