|

काठमाडौं : नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि सुरु भएको मतगणना सकिएको छ। विहान ९ बजेदेखि कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना अपरान्ह साढे ४ बजे सकिएको हो। मतदानको समय ३ बजेसम्म तोकिए पनि ३ बजेभित्र लाइनमा बसेकाहरुले मतदान गर्दा थप समय लागेको हो।

नयाँ नेतृत्व चयनका लागि मतदान गर्न देशभरीबाट चयन भई आएका १५ सय १५ जना केन्द्रीय सभासद रहे पनि १४ सय ४९ जनाले मत खसालेका

निर्वाचन समितिका संयोजक चिरञ्जीवि खनालले जानकारी दिए। मतगणना पनि प्रज्ञा प्रतिष्ठानमा नै गर्ने निर्वाचन समितिको तयारी छ। अब केहीबेरमा नै मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको ४७ सदस्यीय नयाँ कार्यसमितिका लागि १ सय ११ जनाले उम्मेदवारी दिएका छन्। लेखा समितिका संयोजक र दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहित विभिन्न संगठनको गठबन्धनबाट गोविन्द आचार्य उम्मेदवार छन्। त्यस्तै प्रेस चौतारी नेपालसहितका विभिन्न संगठनको गठबन्धनबाट तीर्थ कोइराला अध्यक्षको उम्मेदवार रहेका छन्। त्यस्तै उजिर मगर, इन्द्रबहादुर राउत र भावना विद्रोहीले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.