|

काठमाडौं : नेपालको संसद्‍मा सभामुखले नाम बोलाएपछि मन्त्री नै बेपत्ता भएर मंगलबार नयाँ घटना भएको छ। मंगलबारको संसद् बैठकमा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा वस्तुको प्रत्यक्ष विक्री व्यवस्था ऐन २०७४ को दफाबार छलफल गर्न प्रस्तावक थिए।

संसद्समक्ष उनी बोल्ने चौथो कार्यसूची रहेको थियो। यस विषयका लागि सभामुख ओनसरी घर्तीले जब मन्त्रीको नाम बोलाउँदा मन्त्री विश्वकर्मा सदनमा थिएनन्। प्रस्तावक मन्त्री नै नभएपछि सभामुखले उक्त विषय कार्यसूचीबाट हटाएकी थिइन्। यसरी प्रस्तावक मन्त्री नै बेपत्ता भएको नेपाली संसद्‍ इतिहासमै पहिलो घटना भएको र यो गैरजिम्मेवार तथा गैरउत्तरदायिपूर्ण कार्य रहेको सत्तासीन नेपाली कांग्रेसका सभासद रामहरि खड्काले बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.