|
प्रतिकात्मक तस्बिर : lajmi.net

काठमाडौं : क्याटलान जाइन्ट बार्सिलोना फुटबल क्लबको अफिसियल ट्विटर ह्याण्डल @FCBarcelona ह्याक भएको छ। त्यसबाट भएका ट्विटहरु आफैँ शेयर हुने बनाइएको फेसबुक पेजमा पनि त्यसको प्रभाव परेको छ।

२ करोड ३१ लाख फलोअर्स रहेको ट्विटर ह्याण्डल ह्याक गरी ह्याकरले पेरिस सेन्ट जर्मेनका खेलाडी एन्जल डी मारियालाई बार्सिलोनामा स्वागत गरेपछि विश्वभर हंगामा मच्चिएको छ। सो ट्विट अटोमेटिकल्ली १० करोड ३४ लाखभन्दा बढी फलोअर्स रहेको फेसबुक पेजबाट पनि शेयर भयो।

अफिसियल ह्याण्डल तथा फेसबुक पेजबाट 'डी मारियालाई बार्सिलोनामा स्वागत छ' भन्ने स्टाटस शेयर भएपछि बार्सिलोनाका हजारौं समर्थकले केही सेकेण्डभित्रै त्यसलाई शेयर गरे। त्यसको दुई मिनेटपछि नै OurMine नामक ह्याकरहरुको समूहले आफूहरुले ह्याक गरेको जनाउ दिँदै सम्पर्क गर्न आग्रहसहित अर्को ट्वीट गरे।

यो समाचार तयार पार्दासम्म पनि बार्साको ट्वीटर ह्याण्डल ह्याकरकै कब्जामा छ। पछिल्लो पटक ह्याकहरुले #FCBHack ट्रेण्ड चलाउन अपिल गरेका छन्। विकिपेडियाका अनुसार यो साउदी अरेबियन ह्याकरहरुको समूह हो।

नेयमार पिएसजी गएपछि बार्सिलोना उनको स्थान लिने खेलाडीको खोजीमा छ। अर्जेन्टाइन विन्जर डी मारिया त्यसैमध्येका एक विकल्प हुन्। लिभरपुलका पिलेपे कउटिन्होलाई भित्र्याउन असफल भएपछि पछिल्लो समय बार्साले डी मारियालाई भित्र्याउन पहल गरिरहेको चर्चा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.