|

काठमाडौं : नेकपा एमालेले प्रदेश र केन्द्रीय निर्वाचनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो।

दल दर्तापछि कार्यबाहक अध्यक्ष गौतमले सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक तयारी नगरेको बताए। 'प्रतिनिधि सभा ऐन, प्रदेश सभा ऐन अहिलेसम्म बनेको छैन। त्यसका लागि हामीले सरकारलाई भनेका छौं- छिटो भन्दा छिटो बाँकी रहेका विधेयकहरु पास गर्नुपर्‍यो' उनले भने 'हाम्रो तर्फबाट ऐन निर्माण गर्नका निम्ति विधेयकमा केके कामहरु गर्नुपर्छ, सहयोग गर्न तयार छौं।'

कार्यबाहक अध्यक्ष गौतमले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयारी तिब्र पारेको बताए। निर्वाचन तयारी हुनका निम्ति हाम्रो पार्टी काठमाडौंबाटै जानुपर्छ भन्ने छैन, पार्टी अलरेडी त्यहाँ छ। निर्वाचनमा हामीले सम्पूर्ण शक्ति लगाएका छौं' उनले भने '२ नम्बरमा जहासम्म घेराबन्दीको कुरा छ, घेराबन्दी जसले गर्छ उ नै त्यहाँका जनताबाट तिरस्कृत भइसकेको छ।'

एमालेलाई घेराबन्दी गर्छु भन्नेलाई जनताले तिरस्कार गरिसकेको भन्दै उनले एमालेलाई कसैले घेराबन्दी गर्न नसक्ने जिकिर गरे। एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बैंकक गएपछि कार्यबाहक अध्यक्षको जिम्मा गौतमले पाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.