|
तस्विर : अन्नपूर्ण पोस्ट

प्युठान : गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन नेपाली कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने। 

तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन्। तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति/राप्ती/उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो। ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो। निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए। तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन्। भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे।

'निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्‍‌यौं', उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए। दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।’ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ', उनले भने,‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन।’ एकपटक सम्झौता थप गरिएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • दुईवटा समाचार (१)ठेकदार मन्त्रि बनिसक्दापनि डेक्काललियको स्वासस्थ चौकि नबनेको (२)प्र०ज्य्ले लिखित भाषणमा नलेखेकोकुरा बोलेको!योदेशको ठेक्कालिने सानाठुला र च्याउझै उम्रने राजनैतिकपार्टीहरू साच्चैनै बास्तबिक नेपाली ठेक्दार हुन वा भारतियहरूको नेपालप्रतिको दृष्टी कार्यानन्वयन गराउने "कडकन दार "मात्रै हुन योकुरो नेपाली बिचारक हरूले मनन गर्नुपर्ने कुरा छ! ठेकदार मन्त्रि महोदय को असली ठेकदारत माओवादीनैहेनि बिचरा राज्यमन्तरि त माओवादी राजनैतिक ठेकदारको कडकनदार मात्रैहुन् नत्र उनको असलकामको पुरस्कार स्वरूप प्रचन्ड कमरेडले राज्य मन्त्रि वनायको होईनन् र? (२) नेपालको राजनैतिक ठेकदार त भारतनै होनि ! योकुरा बिर्सनु हुदैन ! नेपालका नेता हरू ने० का०गीरीजाप्रसाद लाई कतिपटक आफ्नो अनुकुल काम गरेबापत कटकन दार लाई प्र०म० तुल्याउने musical chair मा कतिपटक बसे हिसाब गरेहुन्छ ! शेरबहादुर musical chair मा कतिपटक वसे , प्रचन्डले भरखर २ पटकमात्रै पालो पाय ओलिले भारत संग challenge गरेको भ्रम सृजना गरेर दोस्रे चोटी musical Chair मा बिराजमान हुन जमर्को गर्दै छन्! यो नेपालको राजनितिक पार्टीहरूको सत्यपाटो हो! नेपालका कति राजनितिज्ञ हरूको गुनासो ठेकदारले आफु कतिबर्षसंम कुल्लिको नाईके बनेर ठेकदारलाई गुन लगायपनि मेठनवनाईदियकोमा उनिहरूको गुनासो छदै छ! Musicalchair मा प्र०म०वन्ने दाउमा काक्रो चीरा पारेझै एक मधेस एक प्रदेश को रट लगायपनि अजै पालो दूर भबिष्य संम नदेखेर ठेकदारले चूनावमा भागलिन आदेश दिय पछि भारतको उत्तर प्रदेशको समाजवादी पार्टीको चिन्ह लिदै यी नाइकेहरू म्यूजिकल चेयरको भागीदार वन्दैछन्! यसैले नेपालको राजनैतिक बागडोर लियर बसेको असलि ठेकदार त भारत कडकन्दार नेपालका संपूर्ण राजनिति पेशाकर्मिहरू ! तेसैले नेपालीको राजनिति को ठेक्का नेपालीले लिन नसके संम भारतिय कड्कन दारहरू ले नेतृत्व देखावटी रूपमा लिदै छन्!कथा धोबीले आफ्नोगधालाई वाघो छालाओढायर अर्काको हराबरा बालिमा चराउन छोडिदियर आफ्नो स्वार्थ सिद्धि त गर्ने नै भयो !नेपलीले बुझन्नेकुरो यहि हो !