|

दाङ  : पीडित सेवा संघ तुलसीपुरले कैदीबन्दीका बालबालिकालाई झण्डै एक लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ। तुलसीपुर कारागारमा रहेका कैदी
बन्दीका ३५ जना बालबालिकालाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर सहयोग स्वरुप ३ महिनाको ३ हजारका दरले ९६ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो।

पीडित सेवा संघले एकै घरका तीन जना बालबालिका भएकाको हकमा भने प्रति व्यक्ति १ हजार, ८ सय र ७ रुपैयाँ वितरण गर्ने गरेको छ।

ईसाइ समाजका जिल्ला अध्यक्ष शालीकराम शाहुको अध्यक्षता एवंम नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा पीडित सेवा संघ राप्तीका टोपबहादुर महतारा, गिता महतारा, अपाङ्ग संघका बच्चुराम परियार, कैदी बन्दीको तर्फबाट समिति चौधरी, लगाएतले आ–आफना धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.