|

काठमाडौं : माओवादी केन्द्रले ३ हजार ९ सय ९९ सदस्यीय जम्बो आयोजक समितिलाई दुई अंकमा सीमित बनाउने निर्णयलाई अनुमोदन गरिए पनि कसरी दुई अंकमा सीमित गर्ने भन्ने विषय जटिलदेखिएको छ।

विराटनगरमा सोमबार सम्पन्न प्रदेश नम्बर एकको बैठकसँगै सातवटै प्रदेशबाट जम्बो आयोजक समितिलाई दुई अंकमा झार्ने निर्णय अनुमोदन भएको थियो। पार्टीकी प्रवक्ता पम्फा भुसालले आोजक समितिलाई दुई अंकमा झार्ने अनुमति सातवटै प्रदेशबाट अनुमोदन भइसकेकाले अब छलफल गरेर निर्णय गर्ने बताइन्।

माओवादी केन्द्रको सबैभन्दा माथिल्लो निकाय पार्टी केन्द्रीय कार्यालयको आइतबारको बैठकले केन्द्रीय कार्यालय नै भंग गरेर सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। कार्यालय टिम ३३ सदस्यीय रहेको थियो। कार्यालय भंग गर्दै माओवादीले सचिवालयाई पार्टीको कार्यकारी सबैभन्दा माथिल्लो अंग मान्ने निर्णय गरेको छ। सचिवालय ९९ सदस्यीय रहेकोमा नौ जना थप हुन बाँकी छ।

पार्टीमा ९९ सदस्यीय सचिवालयलाई नै आयोजक समिति बनाएर जान सकिने विषयसमेत चर्चामा छ। सचिवालय सदस्य मणि थापा भने अहिलेको ९९ सदस्यीयभित्र रहेका नेताहरू पनि आयेजक समितिमा नरहन सक्ने भन्दै सचिवालयलाई जस्ताको तस्तै रूपान्तरण गर्न नहुने बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.