|

बुद्धकुमार आछामी

सिन्धुली : जिल्ला वन कार्यालयको छुटपुर्जी र शिलवन्दी विना नै काठमाडौंतर्फ लगिँदै गरेको एक ट्रक काट सिन्धुलीको गढीदरबार क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उत्तिसको काठ लोड गरेको ना३ख ७३१२ नम्बरको ट्रक गएराति नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। ‘छुटपुर्जी र शिलबन्दीविना नै काठ बोकेको ना३ख ७३१२ नम्बरको ट्रक गढीदरबार क्षेत्रबाट नियन्त्रणमा लिएका छौं,’ केसीले भने, ‘आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाउँछौँ।’

१६ सय क्युफिट काठ लिन भनी अन्य दुई ट्रक पनि त्यहाँ पुगेका थिए। तर, काठ लोड हुन नभ्याएकाले त्यसलाई प्रहरीले नियन्त्रणमा लिएको छैन। जिल्ला वन कार्यालयको छुटपूर्जी लिएर तथा कर्मचारीको उपस्थितिमा टाँचा लगाएरमात्र काठ ओसारपसार गर्न पाइन्छ।

अनुमतिविना काठ लैजान खोज्नेलाई कारबाही हुने जिल्ला वन कार्यालय सिन्धुलीका प्रमुख नविन गिरीले बताए। प्रक्रिया पूरा नगरी काठ लोड गरेर हिँड्नु कानुनविपरीत भएको भन्दै उनले लोड गरेको काठलाई अनलोड गरिएको र दोषीलाई कारबाही गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.