|

काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। क्रान्तिकारीको २१ औं सम्मेलनबाट नेतृत्वमा आउनका लागि अध्यक्षमा अनील शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन्।

३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय सदस्य चयनका लागि अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायको भवनमा मतदान भइरहेको छ। निर्वाचनमा २ हजार १५ मतदाता सहभागी छन्। अखिल क्रान्तिकारीको इतिहासमै नेतृत्व चयनका लागि निर्वाचन भएको यो पहिलो अवसर हो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.