|

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका – ५ राम्नाकोटकी ३८ वर्षीया महेसरा सार्की विगत १० वर्षदेखि मुखमा मासु बढ्ने रोगले पीडित छन्। तर आर्थिक अभावका कारण उनले उपचार गराउन पाएकी छैनन्।

गालामा पहिले सानो गिर्को आएको अहिले त्यो बढ्दै गएर ठूलो भएको उपचारका महेसरा सार्कीले बताइन्। ‘पहिले सानो थियो। अहिले ठूलो भयो।’ उनले भनिन्,‘पैसा छैन् कता उपचार गराऔं।’

अहिलेसम्म अस्पतालको मुख नदेखेकी सार्की उपचार गर्नका लागि स्थानीय स्वास्थ्य संस्थामा गएकी थिइन्। ‘यहाँको स्वास्थ्य चौकीमा उपचारको लागि गएको थिए।’ उनले भनिन्,‘स्वास्थ्यकर्मीले यहाँ उपचार हुँदैन भने।’

सार्कीको रोग गम्भीर भएको र त्यसका कारणले उनको मृत्यु पनि हुनसक्ने मृत्यु नेपाली कांग्रेस महासमिति सदस्य मोतीराज बमले बताए। ‘सार्कीलाई लागेको गम्भीर प्रकारको रोग हो,’ उनले भने,‘उनीसँग पैसा छैन। उनलाई उपचारका लागि पहल थालेका छौं। यो रोग डाक्टरहरुका लागि अनुसन्धानको विषय हुनसक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.