|
फोटो सौजन्य: हर्क चन्द

डडेल्धुराः डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका– ४ कटालको गोजा खोलाबाट बेवारिसे अवस्थामा रहेको अवैध काठ बरामद गरिएको छ।

सोमबार दिउँसो करिब ३ बजेतिर इलाका वन कार्यालय जोगबुडाले बेवारिसे अवस्थामा रहेको ३० दशमलब ६४ क्यूफिट अवैध काठ बरामद गरेको जानकारी दिएको छ।

विशेष सूचनाका अधारमा उक्त अवैध काठ बरामद गरेको इलाका वन कार्यालय जोगबुडाका प्रमुख चिरञ्जिवी थापा मगरले जानकारी दिए। ‘हामीकहाँ सालको अवैध काठ छ भन्ने गोप्य सूचना आयो’, प्रमुख थापाले भने, ‘कार्यालयबाट गएको टोलीले अवैध सालको काठ बरामद गरेर ल्याएका छौँ।’

काठ कसको हो भन्ने कुरा अहिले नखुलेको उनले बताएका छन्। बरामद गरिएको काठलाई इलाका वन कार्यालय जोगबुडामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.