|

काभ्रे : बनेपा नगरपालिकाले भाडामा लगाएका पसल कबलहरू दलाली गरेर १० लाख रुपैयाँसम्म बिक्री हुने गरेको खुलासा भएको छ। नगरपालिकाले २ वर्षसम्मका लागि चार हजारदेखि सात हजारसम्म भाडा तोकेका पसल कबलहरू चार वर्ष भइसक्दासमेत सोही रकममा भाडामा बसिरहेका छन्।

‘पाँच हजार पाँच सय रुपैयाँ भाडा तोकेको उक्त पसल नगरपालिकाको सहमतिविना खरिद–बिक्री गर्न पाइँदैन’, बनेपा नगरपालिकाकी उपप्रमुख रेखा दाहालले भनिन्, ‘भाडामा लगाइएका सटरबारेमा आएका उजुरीको बारेमा छानबिन शुरु भएको छ।’

नगरपालिकाले भडामा लगाएका सबै सटरको नविकरण र भाडा पुनरावलोकन गर्ने तयारी भएको उनले बताइन्। तत्कालीन कार्यकारी अधिकृत सुरथ पोखरेललको कार्याकालमा तय भएको भाडादर चार वर्ष बितिसक्दा पनि कायमै रहेकोछ। चार वर्षअघि नगरपालिकाको पसल कबलको भाडा चार हजारदेखि सात हजार रुपैयाँसम्म कायम भएको थियो।

नगरपालिकाले पसल लिने व्यक्तिसँग व्यक्ति–व्यक्तिले सम्झौता गरेका छन्। गौतम भोजनालय पूजा गौतमका नाममा दर्ता गरिएको थियो। 
नगरपालिकालाई जानकारी नै नगराई पूजाका बाबु झम्कप्रसाद गौतमले सिन्धुपाल्चोकका एक युवकलाई आठ लाख स्पैयाँमा पसल बिक्री गरेपछि यस्तो रहस्य खुलेको हो। बसपार्कभित्रका सबै सटर यसरी नै बिक्री हुने गरेको छ।

नगरपालिकालाई तिर्नुपर्ने भाडासमेत नतिर्ने व्यवसायीले पसल भने वर्षेनि मूल्य बढाएर बिक्री गर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.