|
तस्विरहरू– लक्ष्मी गारु


भक्तपुर : इन्द्रजात्राको अवसरमा सिद्धपोखरीमा बिहानैदेखी दर्शनार्थी भक्तजनको घुइँचो छ। यो पोखरीमा हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्छ। 

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई बाजागाजासहित सिद्धपोखरी पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोग (बलि) चढाउने र रातभर त्यही राख्ने परम्परा छ। मंगलवार साँझ इन्द्रायणी देवीलाई सिद्धपोखरी पु¥याइएको थियो। बुधबार बिहानै सिद्धपोखरीमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको हो।
सिद्धपोखरीमा देवराज इन्द्रले स्नान गरेको विश्वासस्वरूप स्थानीय बासिन्दाले यसलाई इन्द्रदह पनि भनिन्छ।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ। सिद्धपोखरीमा वासुकी नागको बसोबास समेत रहेको विश्वास गरिन्छ। त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा सिद्धपोखरीमा आई तान्त्रिक विधिद्धारा वासुकी नागको पुजा गर्ने प्रचलन समेत रहेको छ । 

सिद्धपोखरी परिसरमा भक्तपुरका अधिकांश स्थानीयको कुलदेवता समेत रहेका छन्। सिद्धपोखरी परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन्। सिद्धपोखरीमा रहेको शिवलिंगमा जल चढाई विभिन्न रोग निको हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.