|

काठमाडौं : स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुन लागेको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। मधेस केन्द्रित ६ वटा राजनीतिक दल मिलेर केही महिनाअघि गठन भएको राजपा यसअघि भएको पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएको थिएन।

उम्मेदवारको अन्तिम सूचीसहित विज्ञप्ति जारी गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय निर्वाचनमा समेट्न नसकिएका नेता कार्यकर्तालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन तथा पार्टी जिम्मेवारीमा प्राथमिकता दिने जनाएका छन्।

साथै उनले तोकिएका उम्मेदवारलाई सघाउन र चुनावमा केन्द्रित हुन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वानसमेत गरेका छन्।

हेर्नुहोस् राजपा उम्मेदवारहरुको सूची:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.