|

सिरहा : टिकट वितरणमा पक्षपात भएको भन्दै नेपाली कांग्रेसको जिल्ला सदरमुकाम सिरहास्थित जिल्ला पार्टी कार्यालयमा कुटाकुट भएको छ। प्रमुखको टिकट पाएका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव पुत्र डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो। 

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन्। घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजयप्रकाश यादव, बुधन यादव, देवनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत छन्। घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको छ। घाइतेमध्ये एक जनालाई थप उपचारका लािग धरान लगिएको छ।

सिरहा नगरपालिकाकको प्रमुखमा डा. सुभाषचन्द्र यादवलाई टिकट दिइएपछि सिरहा नगरपालिकाका पूर्वउपमेयर एवम् जिल्ला सचिव उपेन्द्र यादवले आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दिनुपर्ने माग गरेका थिए। सिरहाका कांग्रेसबाट जितेका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बुधबार बिहान भएको छलफलमा डा. सुभाषलाई प्रमुख र उपेन्द्र यादव समूहबाट उप–प्रमुृखको उम्मेदवार तय भयो। 

तर, डा. सुभाषका समर्थकले टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनुपर्ने भन्दै विवाद गर्न थालेपछि झडप भएको हो। 

कांग्रेसले नदिएपछि माओवादीबाट मनोनयन

सिरहाको औरही गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका दाबेदार रहेका सिद्धार्थ यादवलाई कांग्रेसले टिकट दिएन। तर उनी अध्यक्षमा उठि छाडे। माओवादी केन्द्रले उनलाई पार्टी प्रवेश गराएर टिकट दियो।

एमालेका उम्मेदवार २ बजेमात्रै निश्चित

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेको सिरहा जिल्ला कमिटी र २ नं. प्रदेश कमिटीबाट जिल्ला उपाध्यक्ष उत्तरबहादुर जर्घालाई प्रमुख बनाउने निर्णय गरिएको थियो। तर अन्तिम समयमा प्रमुख र उपप्रमुखको टिकट शिवशंकर महतो र निर्मला बाँस्तोलालाई दिइयो। 

अन्य पार्टी सम्बद्ध उम्मेदवारहरु आफ्ना कार्याकर्ता समर्थकसहित निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गर्न गइरेहका बेला एमालेकोतर्फबाट धनगढीमाईका लागि प्रमुख महतो र उपप्रमुख बास्तोला दिउँसो २ बजेतिर चोहर्वाबाट पार्टीको टिकट लिएर फर्किंदै थिए। 

हेर्नुस् उम्मेदवारी दर्ताका फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.