|

काठमाडौं : गीतकार एवं संगीतकार बादल घिमिरेको गीति एल्बम 'पानी पानी' सार्वजनिक भएको छ। घिमिरेको दोस्रो गीति एल्बमको अनामनगरस्थित मण्डला थिएटरमा संगीतकार सुरेश अधिकारी, संगीतकार लक्ष्मण शेष, गीतकार डा. नवराज लम्साल र गीतकार रमेश पौडेलले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका हुन्।

संगीतकार सुरेश अधिकारीले बादल घिमिरे निकै सम्‍भावना बोकेको संगीतकार भएको बताए। संगीतकार लक्ष्मण शेषले बादलको संगीत प्रतिको लगाव देखेर आफूलाई इर्ष्या लागेको बताए भने गीतकार डा. लम्सालले एल्बमा गीतहरूमा नेपाली मन र नेपाली पन रहेको बतए।

कार्यक्रममा 'अलि अलि ...' र 'तिम्रो तस्बीर ...' बोलको गीतको म्यूजिक भिडियो देखाइएको थियो। एल्बममा बादल घिमिरेको संगीतमा राजेश पायल राई, राज सिग्देल, रूपक डोटेल, रजिना रिमाल, गोपाल ज्ञवालीको स्वर रहेको छ भने 'डा. साब…' बोलको गीतका लागी सुरेश अधिकारीले संगीत सिर्जना गरेका छन्। जुन गीत बादल आफैले लेखेका हुन्। एल्बमलाई चमेरो म्युजिकले बजार व्‍यवस्थापन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.