|

लहान : आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा साढे पाँच हजार बढीले उम्मेदवारी दिएका छन्। नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला तथा दलित महिला सदस्य र खुल्ला सदस्यमा आठ सय ५६ जनप्रतिनिधि निर्वाचित हुनेमा ५ हजार ६ सय ९३ जनाले उम्मेदवारी दिएका हुन्।

जिल्ला सदरमुकाम समेत रहेको राजविराज नगरपालिकामा प्रमुख १३, उपप्रमुख नौ, वडाध्यक्ष एक सय २५, खुल्ला सदस्य दुई सय ६, दलित महिला सदस्य ८८, महिला सदस्यमा एक सय ६ गरी पाँच सय ४७ जनाले उम्मेदवारी दिएका छन्।

हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुख १२, उपप्रमुख १३, वडाध्यक्ष एक सय १३, खुल्ला सदस्य एक सय ८५, दलित महिला सदस्य ९०, महिला सदस्यमा ९७ गरी पाँच सय १० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, कञ्चनरुप नगरपालिका प्रमुख १०, उपप्रमुख सात, वडाध्यक्ष ७८, खुल्ला सदस्य एक सय ४०, दलित महिला सदस्य ६८, महिला सदस्यमा ७३ गरी तीन सय ७६ जनाले उम्मेदवारी दिएका छन्।

जिल्लाको नवघोषित सप्तकोशी नगरपालिकामा प्रमुख ८, उपप्रमुख नौ, वडाध्यक्ष ५९, खुल्ला सदस्य ९७, दलित महिला सदस्य ५१, महिला सदस्यमा ४६ गरी दुई सय ७० जनाले उम्मेदवारी दिएका छन्।

सुरुङ्गा नगरपालिकामा प्रमुख ११, उपप्रमुख ८, वडाध्यक्ष ८२, खुल्ला सदस्य एक सय ७७, दलित महिला सदस्य ४८, महिला सदस्यमा ५८ गरी तीन सय ८४ जनाको उम्मेदवारी परेको छ ।

शम्भुनाथ नगरपालिकामा प्रमुख १२, उपप्रमुख ८, वडाध्यक्ष ९१, खुल्ला सदस्य एक सय ५५, दलित महिला सदस्य ७५, महिला सदस्यमा ७८ गरी चार सय १९ जनाले उम्मेदवारी दिएका छन्।

जिल्लाको दक्षिणी सीमावर्ती डाक्नेश्वरी नगरपालिकामा प्रमुख ११, उपप्रमुख १६, वडाध्यक्ष ७३, खुल्ला सदस्य एक सय २२, दलित महिला सदस्य ६१, महिला सदस्यमा ६२ सहित  तीन सय ४५ जनाको उम्मेवारी परेको छ।

खडक नगरपालिकामा प्रमुख १४, उपप्रमुख ११, वडाध्यक्ष ८६, खुल्ला सदस्य एक सय ४५, दलित महिला सदस्य ७४, महिला सदस्यमा ८० गरी चार सय १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाको पुरानो बजारको रुपमा रहेको नवघोषित बोदेबर्साइन नगरपालिकामा प्रमुख १२, उपप्रमुख ११, वडाध्यक्ष ८५, खुल्ला सदस्य एक सय ३८, दलित महिला सदस्य ६७, महिला सदस्यमा ६७ गरी तीन सय ८० जनाले उम्मेदवारी दिएका छन्।

जिल्लाको नौ गाउँपालिकामध्ये विष्णुपुर गाउँपालिकामा अध्यक्ष १६, उपाध्यक्ष १२, वडाध्यक्ष ५७, खुल्ला सदस्य ४२, दलित महिला सदस्य ४२, महिला सदस्यमा ९४ गरी दुई सय ६३ जनाको उम्मेदवारी परेको छ।

तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष १४, उपाध्यक्ष ९, वडाध्यक्ष ६३, खुल्ला सदस्य एक सय १४, दलित महिला सदस्य ५०, महिला सदस्यमा ५४ गरी तीन सय ४ जनाले मनोनयन पत्र दर्ता गरेका छन्।

छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष १६, उपाध्यक्ष ९, वडाध्यक्ष ६३, खुल्ला सदस्य एक सय ९, दलित महिला सदस्य ४९, महिला सदस्यमा ५० गरी दुई सय ९६ जनाको उम्मेदवारी परेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीका अनुसार महदेवा गाउँपालिकामा अध्यक्ष ९, उपाध्यक्ष ६, वडाध्यक्ष ४३, खुल्ला सदस्य ७२, दलित महिला सदस्य ३४, महिला सदस्यमा ३६ गरी दुई सय जनाको उम्मेदवारी परेको छ।

रुपनी गाउँपालिकामा अध्यक्ष ८, उपाध्यक्ष ७, वडाध्यक्ष ४५, खुल्ला सदस्य ६८, दलित महिला सदस्य ३१, महिला सदस्यमा ३५ गरी एक सय ९४ जनाले उम्मेदवारी दिएका छन्।

तिरहुत गाउँपालिकामा अध्यक्ष १३, उपाध्यक्ष ९, वडाध्यक्ष ३८, खुल्ला सदस्य ६३, दलित महिला सदस्य ३२, महिला सदस्यमा ३० सहित एक सय ८५ जनाले उम्मेदवारी दिएका छन् ।

बेलही चपेना गाउँपालिकाका लागि अध्यक्ष १३, उपाध्यक्ष ६, वडाध्यक्ष ४१, खुल्ला सदस्य ६४, दलित महिला सदस्य ३३ र महिला सदस्यमा ३३ गरी एक सय ९० जनाको उम्मेदवारी परेको छ।

अग्निसायर कृष्णसवरण गाउँपालिकामा अध्यक्ष ११, उपाध्यक्ष ९, वडाध्यक्ष ४३, खुल्ला सदस्य ७४, दलित महिला सदस्य ६३, महिला सदस्यमा ४४ गरी दुई सय ४४ जनाको उम्मेदवारी परेको छ।

नयाँ कायम गरिएको बलान बिहुल गाउँपालिकामा अध्यक्ष ११, उपाध्यक्ष ७, वडाध्यक्ष ३२, खुल्ला सदस्य ५९, दलित महिला सदस्य २६, महिला सदस्यमा ३१ गरी एक सय ६६ जनाको उम्मेदवारी परेको छ।

बुधबार भएको उम्मेदवारी मनोनयनमा १८ प्रमुख/अध्यक्ष पदका लागि दुई सय १४, १८ उपप्रमुख/ उपाध्यक्ष पदका लागि एक सय ६६ जना, एक सय ६४ वडाध्यक्ष पदका लागि एक हजार दुई सय १७ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, तीन सय २८ खुल्ला सदस्यका लागि दुई हजार ३० जना, एक सय ६४ दलित महिला सदस्यका लागि नौ सय ८२, एक सय ६४ महिला सदस्यका लागि एक हजार ७४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ।

स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा सप्तरीमा तीन लाख ३१ हजार छ सय ७९ मतदाता छन्। निर्वाचनका लागि जिल्लाभर दुई सय ९५ मतदानस्थल र चार सय ६२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.