सन्दर्भ : अन्तर्राष्ट्रिय साक्षरता दिवस

|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्ला देशकै पहिलो पूर्णसाक्षर जिल्ला घोषणा हो। जहाँ ६ सय ४६ जना बालवालिका विद्यालय जानबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालयसँग तथ्यांक छ। जिल्ला शिक्षा कार्यालयले यस शौक्षिक सत्रमा गरेको सर्वेक्षणमा सिन्धुपाल्चोक जिल्लाका ६ सय ४६ बालबालिका विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी अशोक पराजुलीले जानकारी दिए। यति धेरै बालबालिका आर्थिक कारणले विद्यालय जानबाट बञ्चित भएर बसेका छन्।

शिक्षा कार्यालयले ५ देखि १४ वर्षसम्मका कलिलो उमेरका बालबालिको सर्वेक्षण गरेको हो। विद्यालय जाने बालबालिकाहरु गाउँघर लेकबेशितिर बाख्रा र भेडा गोठालो गएका प्रस्शस्तै भेटिन्छन्। उनीहरु रहरले भन्दा पारिवारिक बाध्यताले गर्दा विद्यालयको उमेरमा पनि विद्यालय जान पाउँदैनन्।

घरदैलो अभियानबाट बालबालिकाको तंथ्याक संकलन गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०६७÷०६८ देखि सञ्चालित साक्षरता कक्षाबाट पूर्वजिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सिन्धुपाल्चोक नेपालकै पहिलो साक्षर जिल्लाको रुपमा घोषणा गरेका थिए।

खस्कँदो अवस्थामा सामुदायिक विद्यालयको नतिजा

प्रत्येक वर्षको परीक्षा नतिजा हेर्दा पछिल्लो चरणमा जिल्लाको शौक्षिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको तथ्यांक जिल्ला शिक्षा कार्यालयसँग छ। नतिजा सार्वजनिक हुनासाथ सामुदायिक विद्यालय किन सधैँ कमजोर सावित हुन्छन् भन्ने बहस चल्ने गरेको छ। देशभरका सामुदायिक विद्यालयभन्दा निजी विद्यालयले धेरै राम्रो नतिजा प्राप्त गर्न सफल भएको पाइन्छ। सामुदायिक विद्यालयको शौक्षिक स्थिति दिन प्रतिदिन खस्कँदै गएको पाइन्छ।

नेपालको सामुदायिक विद्यालय शिक्षाको नियति यस्तै छ। शिक्षा मन्त्रालयको अनुगमन, मूल्यांकन तथा निरीक्षण महाशाखाका प्रमुखसहितको टोलीले सामुदायिक विद्यालयहरूको अनुगमनपछि गर्छ। तर, सामुदायिक विद्यालयको शौक्षिक स्थितीमा कुुनैपनि सुधार आएको पाइँदैन। सिन्धुपाल्चोकमा पनि बर्सेनि सामुदायिक विद्यालयका नतिजामा गिरावट आएको प्रष्टै छ। सामुदायिक विद्यालय भन्दा निजी विद्यालयका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउनुको प्रमुख कारण के हो?

सरकारी लगानी बालुवामा पानी

जिल्लाको मात्र नभई परै देशको सामुदायिक विद्यालयका विद्यार्थीहरूको कमजोर शैक्षिक अवस्थाले नेपालको सामुदायिक विद्यालयहरूको सिकाइस्तर त देखाएको छ नै साथै सरकारी लगानी बालुवामा पानी सावित भएको शिक्षाविद्को भनाइ छ।

सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरका कारण नै त्यहाँ विद्यार्थी संख्या निरन्तर ओरालो लागेको छ। सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको मात्र होइन, कतिपय सामुदायिक विद्यालयमा त विद्यार्थी संख्या शून्यमा नै झरेका छन्।

सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावलीले तोकेअनुसारको विद्यार्थी त छँदै छैनन्, शिक्षकको अनुपात पनि ज्यादै अमिल्दो छ। नियमावलीमा विद्यार्थी संख्या कम भएको विद्यालयको शिक्षकलाई अर्काे विद्यालयमा मिलान गर्ने जिम्मेवारी शिक्षा अधिकारीलाई दिए पनि व्यवहारमा भने फरक छ।

दोष कसको<  

निजी विद्यालयको उत्तीर्ण दर शत प्रतिशत हुदा सामुदायिक विद्यालयको ५० प्रतिशत विद्यार्थीसमेत उत्तिर्ण गराउन नसक्दा सरकारी शिक्षाको कहालीलाग्दो तस्बिर देखिन्छ। यसरी सामुदायिक विद्यालय गएगुज्रेका हुनुमा दोष कसको ? विद्यालय व्यवस्थापन समिति, शिक्षक वा सरकार कसको ? सरकारी विद्यालयका विद्यार्थी संख्या घट्नुमा विद्यालय व्यवस्थापन समिति र शिक्षक त दोषी छन् नै, सरकारको शिक्षा प्रणाली पनि उत्तिकै दोषी छ। त्यसो त केही सामुदायिक विद्यालय नमुनायोग्य नभएका पनि होइनन्। आखिर एकाध सामुदायिक विद्यालय राम्रो हुने तर अधिकांश गएगुज्रेका हुनुको कारण के हो< खोजीको विषय हो।

आर्थिक अभावले विद्यालय जान पाउँदैनन्

विद्यालय गएर धेरै पढ्ने मन छ, घरको आर्थिक अवस्था धेरै कमजोर भएकाले विद्यालय जानै छाडे हैबुङकी १२ वर्र्षीया रञ्जना राउत बताउँछिन्। ‘पढेर ठुलो मान्छे बन्ने नहर मलाई पनि नभएको कहाँ हो ? घरपरिवारको अवस्था हेर्दा किन विद्यालय गएर बाबुआमालाई पैसको दुख दिनु भन्ने लागेर विद्यालय जान छोडेको देखेसो उनले सुनाइन्। 

विद्यालयमा गएर धेरै ज्ञान आर्जन गर्ने रहर भएपनि आफ" बोल्न नसक्ने भएकाले विद्यालय नगएको बाँडेगाउकी फुर्पि तामाङको सांकेतीक रुपमा बताईन्। आफु बोल्न नसक्ने भएपछि साथिहरुले समेत हेला गर्ने गरेकाले विद्यालय नै नगएको उनका भनाइ छ।

‘साथिहरुले बोल्न नसक्ने भनेर हेर्ला गर्दा रहेछन्। बच्चाहरुन हुन्। त्यसैले गर्दा छोरीलाई विद्यालय पठाउँन जागर नभएको उनका बाबु चन्द्रमान तामाङले बताए। ‘खै, छोरीको पढ्ने इच्छा धेरै छ। विद्यालय पठाउँन धेरैले आग्रह गरिसके’ उनले भने।

धेरैजसो विकट बस्तीका बालबालिका विद्यालयबाहिर

सिन्धुपाल्चोक राजधानिबाट नजिक भएपनि शौक्षिक विकासको क्षेत्रमा धेरै पछि परेको छ। विद्यालयबाट बाहिर रहेका धेरै विद्यार्थीहरु आर्थिक अभावको कारणले विद्यालय जान नसकेको पाइएको छ। सिन्धुपाल्चोकका विकट बस्तीका धेरै बालबालिका विद्यालयबाहिर रहेका छन्।

गुम्बा, इचोक, सिन्धुकोट, दुवाचौर, लिस्ती, हैबुङ, बाँडेगाउँ लगायतका क्षेत्रका बालबालिकाहरु धेरै विद्यालय बाहिर रहेका छन्। धेरै बालबलिका आर्थिक अभावका कारणले नै विद्यालय बाहिर रहेका छन्। पारिवारी र आफुखुसी विद्यालय नगएका बालबालिकाको संख्या पनि धेरै छ।

बालकालिका विद्यालय फर्काउन संघसंस्था गुहार्दै शिक्षा कार्यालय

सिन्धुपाल्चोक नेपालमा नै पहिलो साक्षर जिल्ला। जहाँका ६ सय ४६ जना बालबालिका विद्यालय बाहिर रहेका छन्। यति ठुलो संख्यामा बालबालिका विद्यालय बाहिर हुनु सामान्य कुरा होइन। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय फर्काउन शिक्षा कार्यालयका कमजोर उपस्थिती भएकाले विद्यालय उमेरका बालबालिका धेरै विद्यालय बाहिर रहेन बाध्य भएका हुन्। शिक्षा कार्यालयले हरेका शौक्षिक सत्रको सुरुमा विद्यालय भर्ना अभियान चलाएको हुन्छ।

विद्यालय भर्ना अभियानको नाममा बजेट नै विनियोजन गरि चलाएको अभियानको उपलब्धि खोज्दा कहाँ के पाइन्छ ? शिक्षा कार्यालयले बालबालिकालाई विद्यालय लग्न गरेका प्रयास के छन्। पछिल्लो चरणमा गरेको सर्वेक्षणमा बालबालिका विद्यालय बाहिर धेरै रहेको पाईएकाले दुई योजनाका साथ बालबालिकालाई शिक्षा प्रदान गर्ने अभियान सुरु गरेका जिल्ला शिक्षा कार्यालयका सुचना अधिकृत अशोक पराजुलले बताएका छन्।

‘हामीले संघसंस्थाहरुसँग सहयोग माग गरेका छौँ। उनिहरुबाट सहयोग पाउँना साथ विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय फर्काउछौँ’ उनले भने–‘बाहिरै १० जना सम्मका समुह भयो भनेपनि विद्यालय नलगि शिक्षकलाई सरकारी सहयोग गरि विद्यार्थीहरुलाई शौक्षिक सामग्री खरिदको लागि संघसंस्थासँग पहल गर्ने योजना छ।’ शौक्षिक क्षेत्रमा समेत सरकारी बजेटको अपुग भएकाले संघस.संस्थाहरुसँग सहयोग माग्नपर्ने अवस्था सिर्जना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.