|

बारा : निजगढ नगरपालिका-६ स्थित धियाल टोलमा बम बिस्फोट भएको छ। स्थानीय शोभा राउतको घर नजिकैको केराबारीमा अज्ञात समुहले बम बिस्फोट गराएको हो। 

केराबारीमा सिलिन्डर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। प्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ। 
बारीमा बिस्फोट भएकाले कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। बिस्फोटको आवाज टाढासम्म सुनिएको थियो। बिस्फोटपछि स्थानीय त्रसित भएका छन्। 

निर्वाचन आउन १० दिन बाँकी छँदा कसले ? किन ? बम विस्फोट गरायो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रदेश नम्बर २ अन्तर्गतको बारामा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ।

त्यसैले अहिले निजगढमा पनि चुनावी रौनकता छाएको छ। बुधबार मात्रै उम्मेदवारहरुले निर्वाचन कार्यतालिका अनुरुप मनोनयन दर्ता गराएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.