|

कालिकोट : जिल्लाका ग्रामीण इलाकामा ३५ करोड ५१ लाख ३५ हजारमा ५ सय १४ रुपैयाँ लगानीमा ग्रामीण पहुँच कार्यक्रमले २४ किमी ग्रामीण सडक निर्माण गरेको छ। जिल्लाको रास्कोट नगरपालिकामा स्युना-फुकोट-सिपखाना र पचालझरना गाउँपालिकाको जारकोट-राम्नाकोट सडकखण्ड निर्माण गर्न यो रुपैयाँ खर्च गरिएको हो।

रास्कोट नगरपालिकामा स्युना-फुकोट-सिपखाना १८ किलोमिटर सडक निर्माण गर्न ३२ लाख ८१ करोड ६ हजार २ सय ९५ रुपैयाँ र पचालझरना गाउँपालिकाको जारकोट-राम्नाकोट सडकखण्ड निर्माणमा १९ करोड ७० लाख २९ हजार २ सय १९ रुपैयाँ खर्च भएको सडक निर्माण योजनाको जिम्मा लिएको ग्रामिण पहुँच कार्यक्रममा कालिकोट टिम लिडर विष्णुराम विष्टले बताए। ‘ग्रामिण इलाकामा सडक बिस्तार पु¥याउन यो रकम खर्च गरिएको छ।’ उनले भने, ‘यसले ग्रामीण इलाका सडक निर्माणको कार्यलाई तीव्रता दिएको छ।’

जिल्लामा यी दुई ठाउँमा सडक पु¥याउनका लागि स्थानीयको जीवनस्तर उकास्ने आयआर्जनका काम पर्यावणीय कार्यलाई हेरेर सडक निर्माण गरिएको सडक निर्माण कार्य पुरा भइसकेको स्थानीय सडक निर्माणका लागि साझेँदार संस्था भिडिसेफ नेपालका अध्यक्ष मिनबहादुर बोगटीले बताए। ‘ग्रामिण पहुँच कार्यक्रम अन्र्तगत हामीले सडक निर्माणको कार्य मात्र गरेका छैनौं।’ उनले भने, ‘स्थानीयलाई रोजगारी उपलब्ध गराउने, पर्यावणिय र स्थानीयको जिविर्कोपाजनका कामलाई तिब्रता दिएका छौं।’

यो दुई सडक निर्माणका क्रममा २ हजार १ सय जनाले रोजगारी उपलब्ध गराएको, समुहमा बसे काम गर्ने बानीको बिकास साथै अहिले यी ग्रामिण सडकमा मोटर पनि गुड्ने गरेको ग्रामिण पहुँच कार्यक्रममा कालिकोट टिम लिडर विष्णुराम बिष्टले बताए। ‘दुई ठाउँको गरि २४ किलोमिटर सडकको निर्माण कार्य पूरा भएको छ।’ उनले भने, ‘स्थानीय तहका प्रतिनीधिहरुसँग छलफल गरेर थप कार्य गर्ने तयारी थालिएको छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.