|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएसँगै नेपालगञ्ज रंगशालामा चहलपहल सुरु भएको छ। प्रतियोगिता सञ्चालनका लागि मध्यपश्चिमाञ्च खेलकुद विकास समिति नेपालगन्जले खेलकुदसँग सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी समितिको नेपालगन्जमा बसेको बैठकले प्रतियोगितामा हात्तीको छावा ‘मस्कट’ का रुपमा राख्ने निर्णय भएको छ। प्रतियोगिता सञ्चालनका लागि नेपालगन्जमा सचिवालय गठन भएर समितिले कामसमेत थालिसकेको छ।

प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), राष्ट्रिय खेलकुद परिषदका सचिव केशवराज विष्ट, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल लगायतको टोलीले नेपालगन्ज रंगशालाको अनुगमन गरिसकेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए।

मन्त्री केसीले कोहलपुरस्थित क्रिकेट मैदान, नेपालगन्ज रंगशालामा निर्माणाधीन सुटिङ रेन्ज, पौडी पोखरी र भारोत्तोलन एकेडेमीको समेत अवलोकन गरेका थिए।उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप नेपालगन्ज रंगशालामा भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको बताए। ‘राष्ट्रिय प्रतियोगिताको तयारीस्वरुप छलफल, अन्तरक्रिया, अनुगमन, भौतिक पूर्वाधार निर्माण लगायतका काम सुरु भइसकेको छ,’ अध्यक्ष ओलीले भने।

हात्तीको बच्चा ‘मस्कट’ राख्ने निर्णय

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी समितिले २०७५ साल पुस महिनामा प्रतियोगिता गर्ने निर्णय गरेको छ। प्रतियोगितामा प्रतिक चिन्ह हात्तीको बच्चा (छावा) ‘मस्कट’ राख्ने निर्णय गरेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक निर्माण समितिका सदस्य सचिव समेत रहेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए।

उनले पर्यापर्यटनको विकास र वातावरण तथा जंगली जनावरको संरक्षण, संवद्र्धनमा टेवा पु¥याउन आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हात्तीको छावा ‘मस्कट’ को रुपमा प्रयोग गरिने बताए।

प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण सुरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि १ अर्व ५ करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ। सोहीबमोजिम रकम विनियोजन भइसकेको सचिवालय संयोजक सुरेन्द्र हमालले बताए। उनले प्रतियोगिता सञ्चालनका लागि ३५ करोड र भौतिक पूर्वाधार पुनर्निर्माणका लागि  ७० करोड खर्च लाग्ने जानकारी गराए।

प्रतियोगिता सञ्चालनका लागि भारोत्तोलिन एकेडेमी निर्माणको काम धमाधम भइरहेको छ। भारोत्तोलन एकेडेमी निर्माणमा हालसम्म ३५ लाख खर्च भइसकेको छ। तल्लो तला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक एवं भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डनले बताए। उनले तल्लो तलाको निर्माण पूरा गरेर तालिम सञ्चालन गरिने बताए।

भारोत्तोलन एकेडेमी निर्माणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय अध्यक्ष ओलीले राष्ट्रिय प्रतियोगिता अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। ‘आठौँ राष्ट्रिय प्रतियोगितामा भारोत्तोलनका खेल नयाँ भवनमा नै हुनेछ,’ उनले भने।

उक्त एकेडेमी अन्तर्राष्ट्रिय मापदण्डको हुने भारोत्तोलन संघका अध्यक्ष टण्डनले बताए। उनले भुइँ तलामा तालिम/प्रशिक्षण, दोस्रो तलामा खेलाडीका लागि आवास र तस्रो तलामा सभाहल हुने जानकारी दिए।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तरगत पौडी पोखरी निर्माण कार्य समेत सुरु भइसकेको छ। भने, सुटिङ्ग रेन्जको डिपिआर तयार भएर ठेक्का आह्वानको प्रक्रियामा गइसकेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए। उनले रंगशालामा माटो पटान र सुविधा सम्पन्न प्याराफिट निर्माण तयारी भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.