|
फोटो : प्रचण्डको सचिवालय

बारा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका कारण संघीयता आएको बताएका छन्। कलैया बलरामपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मधेसमा १३ सय नेता तथा कार्यकर्ताले रगत बगाएपछि मधेसी दलले संघीयता भन्न पाएको बताएका हुन्।

देशमा गणतन्त्र, संघीयता, समावेशीका कुरासम्म गर्न नसकिने अवस्थामा आफूहरु लडेको बताए। उनले भने, 'हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामीबाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन।'

मधेसी दलहरुको आलोचना गर्दै उनले भने, 'हामीले जनयुद्ध लडेर मधेसमा १३ सयको रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाइँ उचाइमा पुगेपछि मधेसवादी दल पनि संघीयता भन्न सक्ने भए,' उनले थपे, 'अहिले मधेसी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन्।'

मधेसवादी राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा माओवादी संघीयताविरोधी भएको आरोप लगाएको थियो। जसलाई लिएर राजपाभित्रै विवाद उत्पन्न भएको थियो। माओवादीप्रति आलोचनात्मक टिप्पणी आएपछि माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धका कारण संघीयता आएको भन्दै राजपालगायत मधेसवादी दलहरुको आलोचना गरेका हुन्।

पढ्नुस् : राजपा कांग्रेसप्रति नरम, एमाले र माओवादीलाई भन्यो - संघीयताविरोधी

            घोषणापत्रमा माओवादीलाई अनावश्यक गाली गरेको भन्दै राजपाभित्रै असन्तुष्टि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.