|

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश 'घुम्न' पठाएको छ। ‘जहाज थप्ने मात्र होइन, व्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन्। ती मध्ये केही जाने तयारीमा छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन्।

सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि महाप्रबन्धक कंसाकारले ती कर्मचारीलाई भ्रमण स्वीकृति दिएका हुन्। उनीहरूको आतेजाते हवाई टिकट, होटलमा बस्न र खाना, दैनिक भत्ता, यातायातलगायत खर्च निगमले बेहोरेको छ। भ्रमणमा विभागीय प्रमुख (निर्देशक) देखि उपनिर्देशक, प्रबन्धक, अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारी छन्।

यसअघि भदौ दोस्रो साता कंसाकारले मर्मत भइरहेको निगमको 'बोइङ ७५७' जहाज 'हेर्न र लिन' जाने निहुँमा २० लाख रुपैयाँभन्दा बढी खर्च गरी करिब दुई दर्जन कर्मचारीलाई सिंगापुर घुम्न पठाएका थिए। पुन: त्यही श्रृंखला दोहोर्‍याएपछि संस्थाभित्रै कंसाकारको तीव्र आलोचना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.