|

पर्वत : बेनी–जोमसोम सडकअन्तर्गत दुई फरक फरक स्थानमा भिरबाट खसेर २ जना बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि समूहमा आएका ललन शर्मा शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिरबाट खसेर बेपत्ता भएका हुन्।

पहिरोका कारण जोखिमपूर्ण बनेको उक्त सडक मर्मत भइरहेको अवस्थामा पैदलयात्रा गरेर मुस्ताङको घाँसातर्फ जाने क्रममा उनी भिरबाट खसेर बेपत्ता भएको दाना प्रहरी चौकीले जनाएको छ। बेपत्ता भएका शर्माको गलबन्दी भिरमा भेटिएकाले अासपासका क्षेत्रमा उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्।

 यसैगरी, म्याग्दीकै अन्नपूर्ण गाउँपालिका– ३ मै पर्ने भुरुङ तातोपानीको भिरमा पर्ने सडकबाट खसेर अर्का एक युवक बेपत्ता भएका छन्। सीमा प्रहरी चौकी तातोपानीका अनुसार हेटांँडा उपमहानगरपालिका– ६ का २५ वर्षीय बादल बम्जन कालीगण्डकी नदीमा खसेका हुन्।

ग १२ प ५३४ नम्बरको मोटरसाईकलमा मुस्ताङबाट बेनी आउँदै गरेका थिए। सडकखण्ड अन्तर्गत घाँसादेखि दानासम्म यसअघि पनि स्वदेशी तथा विदेशी पर्यटकको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.