|

लहान : स्थानीय तह तेस्रो चरणअन्तर्गत २ असोजमा हुने निर्वाचनका लागि सिरहाका १७ स्थानीय तहका विभिन्न पदमा ४ हजार ७ सय १९ जना चुनावी मैदानमा छन्। सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा १ हजार ८ सय ९६ महिला र २ हजार ८ सय २३ पुरुष उम्मेदवार दलगत र स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी दौडमा छन्।

सिरहा सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाबाट १८ जना प्रमुख र १० जनाले उपप्रमुखको उम्मेदवारी दिएका छन्। कुल २२ वटा वडा रहेको सिरहा नगरपालिकामा कुल पाँच सय ५० जनाले उम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ।

त्यस्तै, मिर्चैया नगरपालिकामा एक महिलासहित २२ जना प्रमुख, ९ जना उपप्रमुखसहित ४ सय ४६ जना उम्मेवारको रुपमा मतदातासँग मत माग्न व्यस्त रहेका छन्। जिल्लाकै मुख्य बजार मानिने लहान नगरपालिकामा ७ स्वतन्त्रसहित १५ जना प्रमुख पदका लागि उम्मेवारीसहित चुनावी अभियानमा छन् भने ८ जना उपप्रमुख पदको दौडमा छन्। जिल्लामा सबैभन्दा बढी लहान नगरपालिकाबाट ७ सय २८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय सिसरहाले जनाएको छ।

नवघोषित कल्याणपुर नगरपालिकामा २० जना प्रमुख, १० जना उपप्रमुखसहित ३ सय ६७ जना, गोलबजार नगरपालिकामा एक महिलासहित २६ जना प्रमुख, १० जना उपप्रमुखको उम्मेदवारमध्ये तीनजना पुरुष रहेका छन्। गोलबजारबाट तीन सय ९६ जनाको उम्मेदवारी परेको छ।

धनगढीमाई नगरपालिकामा १७ जना प्रमुख, ८ जना उपप्रमुखसहित तीन सय ७२ जना, सुखीपुर नगरपालिकामा एक महिलासहित २१ जना प्रमुख, छ जना उपप्रमुखसहित दुई सय २८ जना चुनावी दौडमा छन् भने कर्जन्हा नगरपालिकामा १६ जना प्रमुख, १० जना उपप्रमुखका गरी दुई सय ७६ जना उम्मेवार बनेका छन्।

जिलाका नौ गाउँपालिकामध्ये बरियारपट्टीमा १० जना अध्यक्ष र ५ जना उपाध्यक्ष, नवराजपुरमा पनि १० अध्यक्ष र पाँच जना उपाध्यक्ष, सखुवानन्कारकट्टीमा १० अध्यक्ष र पाँच जना उम्मेदवारको रुपमा चुनावी अभियानमा छन्। त्यस्तै, विष्णुपुर गाउँपालिकामा १५ अध्यक्ष र ८ जना उपाध्यक्ष, भगवानपुरमा ९ जना अध्यक्ष, ७ जना उपाध्यक्ष, लक्ष्मीपुरपतारी मा १० अध्यक्ष र पाँच उपाध्यक्ष, औरहीमा चार जना अध्यक्ष र चार उपाध्यक्ष, नरहामा ११ अध्यक्ष र सात जना उपाध्यक्ष पदका उम्मेदवार चुनावी दौडमा रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.