|

काठमाडौं : पल्सर स्पोर्ट्स अवार्डको टिम अफ दी इयर विधाको उत्कृष्टमा पुरुष भलिबल पर्न सफल भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अवार्ड कार्यक्रममा टिम अफ दी इयरमा पुरुष भलिबल पर्न सफल भएको हो।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्डको टिम विधामा पुरुष भलिबलले जितेको हो। नेपाली पुरुष भलिबलले गत वर्ष मालेमा सम्पन्न तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेको थियो।

१४औं संकरणको पल्सर स्पोर्ट्स अवार्डमा ८ विधाका उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक तथा खेलकर्मी सम्मानित हुनेछन्। यसपटकदेखि ४ विधाका उत्कृष्ट हुनेले मोटरसाइल हात पार्नेछन्। वर्षका उत्कृष्ट महिला, पुरुष, पुवा खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउनेछन्। त्यस्तै, अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछन्।

उत्कृष्ट प्रशिक्षकको पुरस्कार पुष्पराज ओझा एथलेटिक्सले पाएका छन्। पुरस्कार पाएपछि उनले भने, ुकाम गर्दै गयो भने सफलतामा पुगिँदोरहेछ भन्ने लागेको छ। काम गर्दै जाँदा सफलता मिलेन भने निराश हुनुभन्दा के पुगेन भनेर सोच्ने गर्थें। यो पुरस्कार मेरा परिवारको सहयोग र खेलाडीको प्रदर्शनले गर्दा हो, उनीहरूले प्रदर्शन गरेरै मैले पुरस्कार पाएको हुँ। यसको श्रेय खेलाडीलाई जान्छ, उनीहरूको प्रदर्शनलाई जान्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.