आफूले हारेपछि जेसुकै होस् भन्ने गैरजिम्मेवारीपूर्ण उत्तर दिन्छन् नेता

|

  • मनोज भट्टराई-

ओखलढुंगा : स्थानीय चुनावका बेला विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारहरुले विभिन्न स्थानमा टाँसेका पर्चा पोस्टर र ब्यानरहरु अझै हटाएका छैनन्। निर्वाचन सकियलगत्तै निर्वाचन प्रचार सामाग्रीहरु हटाउनुपर्ने प्रावधान रहेको भए पनि ओखलढुंगाको सदरमुकाम सिद्धिचरण नगरपालिकामा उम्मेदवारहरुले राखेका निर्वाचन प्रचार सामग्री अझै हटाएका छैनन्।

ओखलढुंगाको ऐतिहासिक महत्व बोकेको ओखलढुंगा, हुलाकडाँडा, रमाइलोडाँडा, भैरवटोल, रामबजार लगायतका स्थानहरुमा पर्चा पोस्टर, तुल ब्यानर र चुनाव चिह्न भएका झन्डाहरु अझैसम्म पनि हटाइएको छैन। निर्वाचन  सकिएपछि निर्वाचन सामग्री निकाल्नपर्ने प्रावधान छ तर पनि यहाँका राजनीतिक दलले अटेर गरेर अझै नझिकेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख अर्जुन राईले बताए।

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले निर्वाचन सामग्री झिक्न अनुरोध गरे पनि राजनीतिक दलले अटेर गरेको कार्यालय प्रमुख राईको भनाइ छ। विशेष गरी जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रमा निर्वाचन सामग्री हटाइएको छैन।  आफूले हारेपछि जेसुकै होस् किन हटाइरहनु भनी नहटाएको सिद्धिचरण नगरपालिका १२ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका उमंग श्रेष्ठले बताए। आफ्नो दलले राखेका निर्वाचन प्रचार सामग्री हटाएको दाबी ओखलढुंगा कांग्रेस पार्टी कार्यालयले गरेको छ।

 त्यस्तैगरी, निर्वाचनपछि आफू काठमाडौं गएको र फर्किएपछि चुनावी सारगर्मी पनि सकिएका कारण निर्वाचन सामग्रीका विषयमा आपूmले ध्यान नदिएको नेकपा माओवादी केन्द्रको तर्फबाट सिद्धिचरण नगरपालिकामा नगरप्रमुखका उम्मेदवार बनेका रुपेश शाक्यको भनाइ छ। अधिकांश स्थानमा आफ्नो दलले राखेको निर्वाचन प्रचार सामगी झिकिएको तर, पनि केही स्थानमा अझै बाँकी रहेको नेकपा एमाले पार्र्टी कार्यालय ओखलढुंगाले जनाएको छ।

ओखलढुंगामा रहेका राजनीतिक दलले निर्वाचन सामग्री हटाएको भनेर आपूmआपूmले दाबी गरिरहेका भए पनि १४ असारमा भएको स्थानीय तह निर्वाचान अगाडि राखेका निर्वाचन प्रचार सामग्रीले बजारको सौन्दर्यतालाई कुरुप नै बनाएको छ। भने बजारको दृश्य प्रदूषणसमेत बिगारेको प्रस्टै देख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.