|

काठमाडौँ: उद्योगपति विनोद चौधरीले २४ वर्षको अन्तरालपछि नेपालमा विकासको लहर आएको बताएका छन्। बितेका २४ वर्ष राजनीतितक अस्थिरतामा बिते तापनि अहिले सन् १९९० पछिको विसकासको गतिमा नेपाल अघि बढ्न लागेको उनको प्रतिक्रिया छ।

'२४ वर्षको अन्तरालमा नदेखिएको विकासको लहर आएको छ, जता हरे पनि राम्रै छ, केही काम अलि ढिला मात्र भएको हो', सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यसमितिलाई स्वागत गर्न नेपाल उद्योग परिसंघले राखेको कार्यक्रममा चौधरीले भने। सन् १९९३ पछि रोकिएको विकासको गति अहिले लयमा आएको बताउँदै अबको दुई वर्ष 'एजेण्डा वेस्ड' विकासमा लाग्नुपर्ने चौधरीले बताए। 'बितेको २४ वर्षमा हामीले धेरै कुरा गुमाएका छौँ, यसको प्राप्तिका लागि पनि एजेण्डा वेस्ड विकास गर्नुपर्छ', चौधरीले भने।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले अहिले पनि व्यावसायीक वातावरण बन्न नसकेको बताएका छन्। पञ्चायतकालीन ऐन कानुनको आडमा काम भइरहेको र ती काननुन संशोधन नहुँदा व्यावसायिक वातावरण नबनेको उनको भनाइ थियो। उनले अहिलेको राजनीतिक स्थिरताको कारण केही संभावना देखिए तापनि अत्यन्तै चुनौती रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.