|

काठमाडौँः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर गरिएको छ। 

नयाँ जिम्मेवारीअनुसार पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ। घिमिरेलाई राजनीतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ। झापा विर्तामोडका घिमिरे राष्ट्रियसभाका पूर्व सदस्य हुन्।

ओलीका प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ। काठमाडौँ कीर्तिपुरका बज्राचार्य एक दशकअघिदेखि ओलीको स्वकीय सचिवको रूपमा कार्यरत छन्।

अनिष दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ। अनेरास्ववियुको राजनीतिमा सक्रिय दाहाल विगत एक वर्षदेखि सचिवालयमै रहेका छन्।

अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन्। डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक)का रूपमा कार्यरत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.