|

चितवन : नारायणगढमा आज सम्पन्न ‘प्रथम जेसीज कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि चुमेको हो। उपाधिसँगै उसले नगद ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेको छ।

मनाङ–मर्स्याङ्दीका लागि सुजल श्रेष्ठले पहिलो हाफको १९ औं मिनेटमा गोलको खाता खोलेका थिए। सुजलले ४० औं मिनेटमा फेरि अर्को गोल गरे। अञ्जन विष्टले हानेको बल पोलमा ठोक्किएपछि रिबाउन्डमा उनले गोल गरेका थिए।

दोस्रो हाफको १९ औं मिनेटमा ससस्त्र प्रहरीको एपिएफका लागि २७ हरि कार्कीले सान्त्वना गोल फर्काएका थिए। दश समुह सहभागि भएको खेलमा उपविजेता भएको एपिएफले १ लाख ७५ हजार रुपैयाँ पुरस्कार मै  चित्त बुझाउन पुग्यो।

नारायणगढको क्याम्पा चौरमा दर्शकको उल्लेख्य सहभागितामा भएको खेलको पहिलो हाफमा एपिएफले खासै प्रदर्शन गर्न नसकेपनि उसले दोस्रो हाफ भने राम्रो प्रदर्शन गर्‍यो। 

म्यान अफ दि म्याच भएका एपिएफका हरी कार्कीले ५ हजार रुपैयाँ पुरस्कार पाए। झापा ११ ले उत्कृष्ट टिम घोषित हुँदै १० हजार पुरस्कार पायो। उत्कृष्ट किपर मनाङका दिनेश थापा मगर भए। सर्वाधिक गोलकर्ता सुजल श्रेष्ठले प्लेयर अफ द सिरिज घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार पाएको कार्यक्रम मुल समिति संयोजक अमृत श्रेष्ठले जानकारी दिए।

शनिबारको खेलमा विजय यूथ क्लव हेटौंलाई ० का विरुद्ध २ गोल गर्दै मनाङ मर्स्याङ्दीले फाइनल यात्रा तय गरेको थियो। शुक्रबारको पहिलो सेमिफाइनलमा सुदुर पश्चिमाञ्चल ११ लाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै विभागीय टिम एपिएफ फाइनलमा पुगेको थियो। नारायणगढ जेसीजको आयोजनामा भएको यस प्रतियोगिता भदौ १७ गतेबाट सुरु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.