|

धादिङ : काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको बस मंगलबार बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

चवालीसजना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ। बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। १३ जना यात्रु भने सकुशल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.