|

महोत्तरी : गौशाला नगरपालिका–८ स्थित उखुबारीमा अज्ञात समूहले ग्यास सिलिण्डर विस्फोट गराएको छ। सोमबार राति ८ः३० बजे स्थानीय उमेश महतोको उखुबारीमा सिलिण्डर पड्काइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनास्थलमा ग्यास सिलिण्डरको माथिको गोलो रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको बताए।

घटनाको जिम्मा हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।  प्रहरी उपरीक्षक कडायतले घटनास्थल वरपर व्यापक मात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको बताए। निर्वाचन भाँड्न केही समूह वा व्यक्तिहरुले प्रयास गरिरहेको भन्दै कडायतले उनीहरूको प्रयास सफल हुन नदिने बताए। 

अघिल्लो मंगलवार मात्र बर्दिवास नगरपालिका कार्यालयको परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.