|

गोरखा : उत्तरी गोरखाको बिही, ल्हो, प्रोक र सिर्दीबास स्याउको राम्रो उत्पादन हुने क्षेत्र हुन्। अहिले यहाँका किसानहरु स्याउ टिपेर बिक्री गर्न व्यस्त छन्। केहीदिन अघिदेखि गोरखा र तिब्बतको सिमानाको रुइला नाका खुला भएपछि उत्तरी गोरखाका स्थानीयहले तिब्बको कुम्दाङ बजारमा लगेर स्याउ बेच्ने गरेको बिहीका  जीवन गुरुङले जानकारी दिए।

‘गाउँमा स्याउ पाकेको छ, किसानहरु टिपेर तिब्बत लैजान व्यस्त छन्’ उनी भन्छन् ‘नाका खुलेको बेला सामान लिन जाने घोडा, चौँरीलाई बोकाएर स्याउ तिब्बत पु¥याइएको छ।’ एउटा दाना स्याउलाई तिब्बती १ फेवा पर्छ। तिब्बतको एक फेवाको नेपाली १५ १७ रुपैँया हुने गुरुङले जानकारी दिए। केही स्याउ भने गाउँमै बिक्री हुने उनले जानकारी दिए।

‘गाउँमा पनि बिक्री हुन्छ’ उनी भन्छन् ‘गाउँमा स्याउ नहुनेहरुले पनि किनेर खान्छन्। अनि यहाँ काम गर्न आएका अन्यत्रका मान्छेहरुले दसैँका लागि भनेर पनि किनेर लैजाने गर्छन्। घुम्न आउने त कति खान्छन् कति।’ गाउँमा र तिब्बत दुवै ठाउँमा स्याउ बिक्री गर्दा प्रतिदानको मूल्य हिसाब गरेर बिक्री गरिने उनी बताउँछन्। उत्तरी गोरखाका स्थानीयहरु स्याउ बिक्री गरेर आउने पैसाले मैदा, मासु, लगायत विभिन्न खाद्य सामग्रीहरु ल्याउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.