|

सुर्खेत : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले हतियार उठाउने चेतावनी दिएका छन्।  प्रदेश  नम्बर ६ स्तरिय पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आईपुगेका अध्यक्ष वैद्यले मंगलबार बिहान आयोजना गरिएको पत्रकार भेटघाटमा सरकार यस्तै ढंगले अघि बढिरहे फेरि हतियार उठाउनुपर्ने बताए।

‘राज्य सहज रुपमा प्रस्तुत नभए हतियार उठाउनुपर्ने अवस्था आउन सक्छ। हामीले १० वर्षसम्म गरेको क्रान्तिबाट आएको गणतन्त्रको गलत फाइदा उठाएर जनतालाई सास्ती दिने काम सरकारले गरेको खण्डमा सरकारकै विरुद्ध बन्दुक उठाउने समय आउन धेरै लाग्नेछैन,’ उनले भने। 

उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग कुनै पनि हालतमा एकता गर्न नसकिने बताए। उनले प्रचण्डको सत्तालोभले गर्दा सहर्मीहरुलाई धोका भएको बताए। उनले राजनैतिक संस्कार नै नमिल्ने भएकाले प्रचण्ड सँग एकता असम्भव भएको बताए।

उनले पार्टी एकता नै गर्नुपर्ने अवस्था आएकोे खण्डमा प्रचण्डसँग नभई विप्लव, मोहनविक्रम सिंह लगायतको समूहसँग एकता हुनसक्ने बताए। उनले विप्लव माओवादीसँग आफ्ना मुद्दा मिलेका कारण कार्यगत एकतासम्म हुनसक्ने संकेत गरे। 

उनले असोज २१ गते पोखरामा हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रीत भएका बताए। वैद्यले प्रदेश र प्रतिनिधि सभाको चुनावमा सहभागी हुने वा नहुने विषयमा छलफल चलिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.