|

काठमाडौं : रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्रप्रिया'को ट्रेलर सार्वजनिक भएको छ। कार्तिक २ गते प्रदर्शन मिति राखिएको यस चलचित्रको अफिसियल ट्रेलर सोमबार सार्वजनिक गरिएको हो। 

यस चलचित्रमा रेखा र आर्यन ७ वर्षपछि पहिलोपटक एकसाथ देखिदै‌ंछन्। दर्शकले निकै रुचाएको यो जोडी ७ वर्षअघि 'कसले चोर्‍यो मन' मा अभिनय गरेपछि कुनै पनि चलचित्रमा एकसाथ देखिएका थिएनन्।  

रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको करिब दुई मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र रोमान्सलाई देखाइएको छ। रेखा र आर्यनको केमेस्ट्री निकै सुहाएको छ। 

सिर्जित मुखर्जीको कथा तथा निर्देशन रहेको फिल्ममा राजन इशान, टीका पहारी लगायतका कलाकारको अभिनय रहेको छ। सञ्जय लामाले छायांकन गरेको चलचित्रमा अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत छ।

हेर्नुस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.