छापा

यसरी निर्वाचित हुनेछन् राष्ट्रियसभा सदस्य
SHARES

प्रतीकात्मक तस्विर
भदौ २९, २०७४

    काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभाका सदस्यले दिएको मतको भार ४८ र स्थानीय तहका प्रमुख\उपप्रमुखले दिएको मतको भार १८ गणना हुने भएको छ।

    सरकारले बुधबार संसद् सचिवालयमा दर्ता गराएको ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्थानीय तहका प्रतिनिधिको भन्दा प्रदेशसभा सदस्यको मतको भार दोब्बरभन्दा बढी हुने प्रस्ताव गरेको हो। संघीय कानुनअनुसार मतको भार फरक हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन विधेयक भने अझै तयार भएका छैनन्।

    प्रस्तावित विधेयकअनुसार प्रत्येक प्रदेशमा गठन हुने निर्वाचन मण्डलले महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य (खुला) समूहका उम्मेदवारलाई एक\एक मत दिनुपर्छ। यसका आधारमा प्रत्येक प्रदेशमा आ–आफ्नो समूहमा सबैभन्दा बढी मत ल्याउने तीन महिला, एक दलित, एक अल्पसंख्यक र तीन खुला सदस्य निर्वाचित हुन्छन्। बराबरी मत ल्याउने उम्मेदवारबीच गोलाप्रथाबाट विजयी घोषणा गर्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।

    राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, दलित अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक÷एक जनाको प्रतिनिधित्व हुनेगरी ८\८ सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ। ५९ सदस्यीय राष्ट्रियसभाका बाँकी तीन सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचित हुनेछन्।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]