|

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले बुधबार लटेश्वर आधारभूत विद्यालय अमरगढी–१ मालमका अति विपन्न मुक्त हलिया बालबालिकाहरुलाई शैक्षिक सामग्री बाँडेका हुन्। 

उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्मका २४ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख ओझाले बताए। ‘पहिलो पटक बालबालिकाका बिचमा जन्मदिन मनाउँदा निकै खुशी लागेको छ’, उनले भने। शैक्षिक सामग्री पाएपछि बालबालिका दंग परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.