डोटी : जंगली जनावरको आक्रमणबाट घाइते भएका तथा पशुचौपायामा क्षति पुगेका चार जनालाई जिल्ला वन कार्यालयले राहत वितरण छ। वन्यजन्तुले क्षति पुर्याएको भन्दै पूर्वीचौकी गाउँपालिकाका डमरी कुमारी थापा र डमै चयडा, शिखर नगरपालिकाका कलावती पार्की र बोगटान गाउँपालिकाका ललुदेवी पाठकलाई राहत वितरण गरिएको हो।
तीन जना बाघ भालुको आक्रमणबाट घाइते भएका थिए। डमै चयडाका पशुचौपाया जंगली जनावरको आक्रमणबाट मरेका थिए। वन्यजन्तुप्रभावितलाई १५ हजार देखि ४५ हजार रुपैयाँसम्म राहत दिएको डोटी जिल्लाका जिल्ला वन अधिकृत बद्रिकुमार कार्कीले जानकारी दिए।
वन्यजन्तुको आक्रमणबाट घाइते भएमा बढीमा एक लाख रुपैयाँसम्मको उपचार सहयोग र मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने 'वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका'मा उल्लेख छ। संरक्षित सूचीमा रहेका वन्यन्तुका कारण कृषकको बालीनालीमा क्षति भए पनि राहत दिने व्यवस्था छ।
यो व्यवस्थाबारे जानकारी नहुँदा वन्यजन्तुबाट पीडित हुँदा पनि किसानले राहत पाउन नसकेको जिल्ला वन कार्यालयले बताएको छ। डोटी जिल्लाका अधिकांश स्थानमा बँदेल आतंक रहेको जिल्ला वन अधिकृत कार्कीले बताए। बँदेलले किसानको बालीनालीमा नष्ट पार्ने गरेको छ।
अर्थिक वर्ष ०७१\०७२ देखि हालसम्म १० जनाले राहत पाएको कार्यालयको तथ्यांक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।