|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको पछिल्ला गतिविधिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न भएको बताएको छ। एमाले नेता अग्नि खरेलले सरकारले निर्वाचनको मुखैमा जिल्ला न्यायाधीशहरुको सरुवा गरेर आचारसंहिता मिच्दा पनि किन मौन बसेको? भन्दै आयोगलाई प्रश्न गरे।

सरकारले निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराउँदासमेत आयोग मौन रहेकोमा उनको आपत्ति छ। न्यायपरिषद्को बुधबारको बैठकले निर्वाचन १९७ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेको थियो।

बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा एमाले नेता खरेलले आयोगले सरकार र सत्तारुढ दलहरुको पक्षपोषण गरिरहेको आरोप लगाए। पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गराउन सक्ने मुख्य निर्वाचन अधिकृतहरुले तेस्रो चरणको निर्वाचन सम्पन्न गराउन नक्ने अवस्था कसरी सिर्जना भयो भन्दै उनले आयोग पदाधिकारीहरुलाई प्रश्नसमेत गरे।

सरकारले आचारसंहिताविपरीत काम गरिरहनु र आयोग मौन बस्नुले प्रदेश नम्बर २ को निर्वाचन नै शंकास्पद् बनेको उनको जिकिर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.