बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

|

काठमाडौं : दशैं तिहारको सन्दर्भ पारेर चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ। मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने आयोजकले जनाएका छन्।

मेलाको उद्घाटन नेपाल एअरलाइन्सका पाइलट तथा सीटीभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए। केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार समेत पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन्।

तिहारसम्म सञ्चालनमा आउने मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेका छन् अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजनासँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समावेश गरिएको छ।

हरि र स्मारिकालाई उपहार

केएल मोबाइल हव सञ्चालनको अवसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरिकुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन्। विजयी दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले एस ८ प्लस  हस्तान्तरण गरेका थिए।

यस्तै विजयी दुलालसँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर  धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन्। बिहीबार ब्राण्ड एम्बासडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा विष्ट परेकी हुन्।

दशैं तथा तिहारको अवसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र विभिन्न एसोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन्। मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबार हुने केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.