|

  • दाना शाही

जुम्ला : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्माले १० वर्षसम्म जनयुद्ध गरेको माओवादीले पनि सत्तामा गएपछि शक्ति केन्द्रसामु घुँडा टेकेको बताएका छन्। चुनाव खारेजी अभियानका लागि भन्दै बिहीबार जुम्ला आइपुगेका विश्वकर्माले नेपालमा जुनसुकै पार्टी सत्तामा गए पनि आत्मसमर्पण गर्ने गरेको आरोप लगाए।

अहिलेको संविधान जनताको पक्षमा नरहेकाले त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ। ‘नेपालको संविधान नेपाली जनताको पक्षमा छैन भनेर हामीले उतिबेलादेखि विरोध गर्दै आएका छौं,’ विश्वकर्माले भने, ‘यसको प्रतिरोध अब पनि गर्ने हो।'

२०४६ यता संसदवादी दलहरुले दुःख दिएको स्मरण गर्दै उनले पछिल्लो समय माओवादी केन्द्रले आफूहरुलाई बढी दुःख दिएको गुनासो गरे। प्रचण्डका सरकारका पालामा आफ्ना ७ सय कार्यकर्ता पक्राउ परेको उनको भनाइ छ।

विश्वकर्माले अब देशमा परिवर्तन ल्याउन सक्ने एकमात्र शक्ति नेकपा भएको बताए। त्यसैका लागि आफूहरु क्रान्तिमा लागेको उनको भनाइ छ। माओवादी केन्द्रसँग एकता हुन नसक्ने जिकिर गर्दै उनले मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग भने कुराकानी भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.