|

इलाम : वैदेशिक रोजगारीको प्रलोभनमा पारी महिलालाई बन्धक बनाएको आरोमा पक्राउ परेका २ जना धरौटीमा रिहा भएका छन्।

फाकफोकथुम गाँउपालिका– ३ का गर्जमान राई र धरान उपमहानगरपालिका घर भई तेह्रथुम फाक्चामार गाँउपालिका बस्ने आशा गुरुङलाई जिल्ला अदालत इलामले जनही १ लाख ७५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए।

उनीहरुलाई प्रहरीले भदौ ६ गते इलाम र इटहरीबाट पक्राउ गरी मानव ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरेको थियो। राई र गुरुङले फाकफोकथुम गाँउपालिकाका २ महिलालाई बन्धक बनाएर राखेको अवस्थामा उद्धार गरिएको थियो।

उद्धार गरिएका महिलाहरुले आरोपी रिहा भएपछि आफूहरु खतरामा परेको बताएका छन्। पीडित दुवैका पति वैदेशिक रोजगारीमा छन्। कुवेत पठाउने भन्दै आफूहरुलाई भारततर्फ लैजान खोजेको पीडितको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.