|

काठमाडौं:  यो साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १०. ६५ अंकले उकालो लागेको छ। साताको पहिलो दिनको तुलनामा १०.६५ अंकले उकालो लागेपछि कारोवार हुने अन्तिम दिन १५सय ३०.३१ अंकमा पुगेको छ।

यस सता 'क' वर्गको कम्पनीको कारोवारको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा १.५  अंकले उकलो लागेको छ। समुगत परिसूचकतर्फ विकास बैंक अन्तर्गतका परसुचकहरु दोहोरो अंकमा ओरालाले लागेता पनि अन्य परिसूचकहरु उकालो लागेका छन्। विकास बैंक अन्तर्गतका परसूचक पहिलो दिनको तुलनामा अन्तिम दिनसम्म १८.८८ अंकले ओरालो लागे।

यस साता १९ करोड १४ लाख ४० हजार रुपैयाँको आधारमा नविल बैंक लिमिटेड अग्र स्थानमा रहेको छ भएको छ भने कारोवार भएको सेयर संख्या ३ लाख ४५ हजार रुपैयाँको आधारमा नेपाल बैंक लिमिटेड संस्थापक अग्र स्थानमा रहेको छ। यस साता यस साता नेप्सेमा १७७ कम्पनीहरुको कारोवार भएको छ।

कारोबार रकम गत साताको तुलनामा ५५.८० प्रतिशतले बढी हो। यस साता सबैभन्दा धेरै कारोबार गर्ने पाँच संस्थामा क्रमश: नविल बैंक, निर्धन उत्थान बैंक, नेपाल लाइभ इन्सुरेन्स कम्पनी, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन्। यस साता तीन वटा कम्पनी सूचीकृत भएका छन्। जसअनुसार मिर्मिरे माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकले हकप्रद सेयर सूचीकृत गरका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.