|

काठमाडौं : चीनबाट संगठित रूपमा हुने सुनको तस्करीमा काठमाडौंका सुन पसलेहृ नै संलग्न  हुने गरेको खुलासा भएको छ। न्यु।ोडमा सुन पसल सञ्चालन गर्ने रमेश खड्काले भारतसम्म पुर्याएर तस्करी गर्दै आएको खुलेपछि उनी भारत भागेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १४ भदौमा १५ केजी सुनसहित सात जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उक्त सुनको मुख्य लगानीकर्ता खड्का भएको खुलेको थियो। सुनसहित पक्राउ परेका सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पाले खड्काको मुख्य लगानी र उनका सहयोगी सिन्धुपाल्चोकका राजकुमार पौडेल भएको बताएका थिए।

पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष हुन्। उनी पनि फरार छन्। सीआइबी स्रोतका अनुसार खड्का चीनबाट आएको सुन राजधानीकै सुन पसलमा बिक्री गर्थे। काठमाडौंमा भण्डारण गरी न्यूरोडलगायत क्षेत्रका पसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए।

उनले सुन बिक्री गर्ने पसलमाथि पनि प्रहरीले निगरानी बढाएको छ। केही सुन भारतसम्म पनि पुर्‍याउने गरेका थिए, खड्काले। सुन ओसारपसारको जिम्मा लिएका पेम्बासहित दीपेन्द्र थापा, सरोज थापा, विष्णु गौतम, राजेन्द्र खत्री, रविन खत्री र दीपकुमार साहलाई सीबीआईले पक्राउ गरेको छ। उनीहरू सबै सुन ओसारपसारमा प्रयोग गरिने वाहक मात्र हुन्। प्रहरीले उनीहरूलाई संगठित मुद्दामा थुनामा राखी कारबाही अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.