|

काठमाडौं : नेपाल आइडलका अन्तिम ३ प्रतिस्पर्धी शनिबार काठमाडौंको टुँडिखेलमा प्रस्तुति दिन पुगेका थिए। एपी वान टिभीबाट प्रशारण भइरहेको नेपाल आइडलको अन्तिम ३ मा प्रताप दास, निशान भट्टराई र बुद्ध लामा छन्।

उनीहरु दर्शक स्रोतामाझ लाइभ प्रस्तुतिदिनका लागि टुँडिखेलमा प्रस्तुत भएका थिए। उनीहरुलाई हेर्न हजारौं दर्शक टुँडिखेल पुगे।

हजारौं दर्शकलाई मनोरञ्जन दिन र उनीहरुको मन जितेर भोट तान्दै नेपाल आइडल बन्न प्रयासरत प्रताप दासले सबभन्दा पहिले दर्शकलाई गीतमा झुमाए। उनले 'यस्ती पो हुनुपर्छ मेरी गर्लफ्रेन्ड…' गीत गाए। त्यसपछि 'बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा…' गाए।

त्यसपछि नेपाल आइडलका सान भनिने अर्का प्रतिस्पर्धी निशान भट्टराईको पालो आयो। उनले पनि स्टेज तताए र दर्शकको मन जिते। उनले 'हे तुलसी आँगनमा रोपौंला…' गीत गाए। त्यसपछि उनले दर्शकसँग भोट गरेर आफूलाई नेपाल आइडल बनाउन आग्रह गर्दै 'यो मन त मेरो नेपाली हो…' गीत गाएर आफ्नो प्रस्तुतिअन्त्य गरे। 

अनि नेपाल आइडलका अर्का प्रतिस्पर्धी बुद्ध लामाको पालो आयो। उनको फोटोसहितको ब्यानर र पम्पलेट बोकेका दर्शकलाई उनले, 'क्यानाम, कान्छीलाई फकाउनै गाह्रो भो…' गीत गाएर मनोरञ्जन दिए। त्यसपछि उनी, 'बिर्सेका छैनौं हाम्रो संस्कृति…' गीत गाएर आफूलाई नेपाल आइडल बनाउन भोट माग्दै बिदा भएका थिए। 

उनीहरुको प्रस्तुतीभन्दा पहिले अन्य कलाकारले आफ्नो प्रस्तुतिदिएका थिए। नेपाल आइडलका प्रतिस्पर्धीको प्रस्तुतिहेर्न आएका केही दर्शक बेहोश भएका थिए। उनीहरुलाई प्रहरीले टुँडिखेलमै प्राथमिक उपचार गरेको थियो। 

नेपाल आइडलको 'ग्रान्ड फिनाले'  असोज ६ गते कतारको दोहामा हुँदैछ। नेपाल आइडलमा पहिलो हुनेले नगद २० लाख रुपैयाँ र कार पाउनेछन्। त्यस्तै दोस्रो हुनेले नगद १५ लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउनेछन्। 

भीडलाई व्यवस्थित गर्दै प्रहरी।

बेहोस भएकी महिलालाई प्राथमिक उपचार केन्द्र लैजादै प्रहरी र स्वयंसेवक।

नेपाल आइडलका प्रतिस्पर्धीको प्रस्तुतिहेर्न आएका दर्शकको भीड।

भीडलाई मञ्चतिर आउन रोक्दै प्रहरी र ब्यानर प्रदर्शन गर्दै दर्शक।

बच्चालाई उचालेर मनोरञ्जन गर्दै दर्शक।

प्रस्तुतीलाई मोबाइलमा कैद गर्दै दर्शक।

निशान भट्टराईको डमीसँग सेल्फी खिच्दै युवतीहरु।

बुद्ध लामाको डमीसँग सेल्फी लिँदै युवतीहरु।

प्रताप दासको डमीसँग फोटो लिँदै युवती।

प्रस्तुति सकिएपछि हात हल्लाएर दर्शकलाई विदाइको अभिवादन गर्दै नेपाल आइडलका तीनवटै प्रतिस्पर्धी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.