|
Photo : goal.com

काठमाडौं : इंग्लिस प्रमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएका ४ खेल बराबरीमा टुंगिएका छन्। लिभरपुलले बर्नली र लेस्टर सिटीले हडर्फफिल्ड टाउनसँग १-१ तथा वेस्टह्यामले वेस्टब्रोम र टोटनह्यामले स्वान्सी सिटीसँग गोलरहित बराबरी खेलका हुन्।

२७औं मिनेटमा एर्फिल्डको गोलबाट पछि परेको लिभरपुल त्यसको ३ मिनेटपछि नै मोहम्मद सल्लाको गोलबाट खेलमा फर्कियो। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन। टोटनह्यामले पनि घरेलु मैदानमै स्वान्सीविरुद्ध गोल गर्न नसक्दा अंक बाँढ्न बाध्य भयो।

गएराति नै भएका अन्य खेलमा म्यान्चेस्टर सिटीले वाटफोर्डलाई ६-०, न्युक्यासल युनाइटेडले स्टोक सिटीलाई २-१ तथा साउथम्पटनले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.